सभापति कप फुटबल : एपीएफलाई पन्छाउँदै मछिन्द्र सेमिफाइनलमा (तस्वीरहरू)

सभापति कप फुटबल : एपीएफलाई पन्छाउँदै मछिन्द्र सेमिफाइनलमा (तस्वीरहरू)

काठमाडौं । एपीएफ क्लबलाई हराउँदै मछिन्द्र क्लब सभापति कप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

दशरथ रंगशालामा आज बेलुका भएको खेलमा मछिन्द्रले एपीएफलाई १ -० गोल अन्तरले हराएको हो ।

खेलको दोस्रो हाफको इन्जुरी समयमा शनिष श्रेष्ठको गोलले मछिन्द्र विजयी भएको हो । म्यान अफ द म्याच पनि शनिष नै भएका छन् ।

मछिन्द्रले अब माघ १४ गते हुने पहिलो सेमिफाइनलमा सङ्कटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा आयोजक बागमतीसहित कुल ८ टिमको सहभागिता छ।

प्रतियोगितामा पहिलो हुने टिमलाई नगद २६ लाख र दोस्रो हुने टिमलाई नगद १३ लाख प्रदान गरिने छ ।

तस्वीरहरू-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved