पशु प्राविधिक नहुँदा जुम्लाकोटको पशुसेवा केन्द्र बन्द

नेपालभ्युज

पशु प्राविधिक नहुँदा जुम्लाकोटको पशुसेवा केन्द्र बन्द

जुम्ला । पशु प्राविधिक नहुँदा यहाँको तिला गाउँपालिका–८ स्थित जुम्लाकोटको पशुसेवा केन्द्र बन्द भएको छ ।

उक्त पालिकाको वडा नं ८ र ९ भेडाबाख्रा पालन गर्ने क्षेत्र हो । पशुसेवा केन्द्र बन्द भएपछि यहाँका पशुपालक किसान सेवा लिनबाट वञ्चित भएको स्थानीय भेडापालक किसान नौसेर रावतले गुनासो गरे ।

पालिकाको केन्द्रमा रहेको पशुसेवा शाखाबाट सेवा प्रवाह गर्न टाढा भएपछि जुम्लाकोटमा स्थापना भएको पशुसेवा केन्द्र लामो समयदेखि बन्द हुँदापनि सेवा सञ्चालन गर्ने विषयमा सम्बन्धित निकाय गम्भीर नभएको रावतको भनाइ छ ।

तिला गाउँपालिका पशुसेवा शाखा प्रमुख सुपारीदेवी भट्टराईका अनुसार २०७६ सालमा प्राविधिक सहायक लक्ष्मण बुढ्थापा कर्मचारी समायोजन भएर सरुवा भएदेखि सो पदमा अन्य कुनै कर्मचारी पदपूर्ति नहुँदा समस्या भएको हो ।

विसं २०७६ देखि २०८० सम्म कार्यालय सहयोगीले सेवा केन्द्र खोल्दै आएका थिए । कार्यालय सहयोगी पनि सेवानिवृत्त भएपछिसेवा केन्द्र एक वर्षदेखि बन्द भएको हो । उक्त सेवा केन्द्रका लागि प्राविधिक सहायक लोकसेवामार्फत माग गरिएको गाउँपालिकाले जनाएको छ ।

करारमा कार्यालय सहयोगी राख्न विज्ञापन गरिसकिएकाले आगामी फागुनदेखि कार्यालय सहयोगी भर्ना गरी सेवा केन्द्र खुलाइने तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved