राष्ट्रिय जनमोर्चाले सङ्घीयताविरुद्ध आन्दोलन गर्ने

नेपालभ्युज

राष्ट्रिय जनमोर्चाले सङ्घीयताविरुद्ध आन्दोलन गर्ने

सुर्खेत । राष्ट्रिय जनमोर्चाले सङ्घीयताविरुद्ध आन्दोलन गर्ने भएको छ ।

आगामी चैत्र २४ देखि ३० सम्म काठमाडौंमा सङ्घीयताविरुद्ध आन्दोलन गर्न लागेको जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले जानकारी दिए ।

विदेशी शक्तिको दबाबमा सङ्घीयता ल्याइएकोले त्यसविरुद्ध आन्दोलन गर्न लागेको शर्मा बताउँछन् ।

‘नेपालले सङ्घीयता धान्न नसक्ने र सङ्घीयताका कारण देशमा राष्ट्रिय विखण्डन हुनेछ,’ बुधबार सुर्खेतमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने, ‘देशको अखण्डतामा आघात पुग्ने खतरासँगै देशमा जातिवाद बढ्दै जाँदा जातीय वैमनस्यता बढेर गएको छ ।’

यो सबै हुनुमा सङ्घीयताको कारणले भएको बताउँदै उपाध्यक्ष शर्माले अहिले प्रादेशिक संरचनामा खर्च भइरहेको ठूलो धनराशी देशका लागि अनावश्यक आर्थिक बोझ भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved