‘दलितलाई खै ?’ (तस्वीरहरू)

‘दलितलाई खै ?’ (तस्वीरहरू)

काठमाडौं । “दलितका लागि दलित अभियान, नेपाल”ले संविधानले प्रदान गरेको समावेशी व्यवस्थालाई व्यवहारमा लागू गराउन माग गर्दै प्रदर्शन गरेको छ ।

बुधबार निर्वाचन आयोगको कार्यालयअगाडि पुगेर सो अभियानले दलित समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरेको छ ।

खगेन्द्र सुनारको नेतृत्वको अभियानले स्थानीय तहदेखि राष्ट्रिय तहसम्म मेयर, अध्यक्ष, उपाध्यक्षजस्ता पदहरूमा दलित प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । साथै, समानुपातिक व्यवस्थामा १४ प्रतिशत दलितको समावेशी सुनिश्चितता गर्न जोड दिएको छ ।

भृकुटीमण्डपमा जम्मा भएर र्‍यालीसहित आयोग पुगेका उनीहरुले आयोगलाई माग पत्र बुझाउन तयारी छ ।

तस्वीरहरु:-

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved