यू–१९ महिला विश्वकप

अष्ट्रेलियाविरुद्ध उत्रँदै नेपाल, सुपर सिक्समा स्थान बनाउन जित्नै पर्ने दबाबमा

नेपालभ्युज

अष्ट्रेलियाविरुद्ध उत्रँदै नेपाल, सुपर सिक्समा स्थान बनाउन जित्नै पर्ने दबाबमा

काठमाडौं । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० क्रिकेट विश्वकप २०२५ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज (बुधबार) अष्ट्रेलियासँग खेल्दैछ ।

यो खेल नेपाली समयअनुसार बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा सवा १२ बजेदेखि सुरु हुनेछ ।

यसअघिका दुई खेलमा नेपाल पराजित भएको थियो । नेपाल पहिलो खेलमा बङ्गलादेश र दोस्रोमा स्कटल्यान्डसँग पराजित भएको हो । यसर्थ सुपर सिक्समा स्थान बनाउन नेपालले आज बलियो टोली अष्ट्रेलियालाई हराउनै पर्नेछ ।

नेपालले महिला क्रिकेटमा अष्ट्रेलियासँग खेल्न लागेको यो पहिलोपटक हो ।

यसअघिको विश्वकपमा सेमिफाइनलसम्म पुगेको अष्ट्रेलिया बलियो टोली हो । त्यसबेला विश्वकप खेलेका पाँच खेलाडी अहिले पनि टोलीमा छन् ।

अष्ट्रेलिया भने प्रतियोगिताको सुपर सिक्समा पुगिसकेको छ । यसर्थ उ आज बिनादबाब नेपालविरुद्ध उत्रने छ ।

नेपालको कप्तानी पूजा महतो तथा अष्ट्रेलियाको लुसी हामिल्टनले गर्नेछन् ।

नेपालको सङ्घर्षपूर्ण हार, स्कटल्याण्ड १ विकेटले विजयी

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved