टी–२० विश्वकप

नेपालको सङ्घर्षपूर्ण हार, स्कटल्याण्ड १ विकेटले विजयी

नेपालभ्युज

नेपालको सङ्घर्षपूर्ण हार, स्कटल्याण्ड १ विकेटले विजयी

काठमाडौं । महिला यू–१९ टी–२० विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डसँग पराजित भएको छ ।

मलेसियाको बाङ्गीस्थित यूकेएम ओभल क्रिकेट बाङ्गीमा नेपाल स्कटल्याण्डसँग एक विकेटले पराजित भएको हो ।

नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेटको क्षतिमा पूरा गरेको हो ।

स्कटल्याण्डका पिपा स्प्रोलले ३५ रन जोडिन् ।

नेपालका लागि सीमा केसी र रचना चौधरीले २–२ तथा कप्तान पूजा महतो र कृश्मा गुरुङले १–१ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल १८.५ ओभरमा ७३ रन बनाएर अलआउट भएको थियो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाइन् । सावित्री धामीले १० रन जोडिन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

स्कटल्याण्डका लागि मैसी मसेइराले ५ तथा एमी बाल्डी र नैमा शेखले २–२ विकेट लिइन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved