सुप्रिम सहकारी अपचलन

भैरहवा पुगे रवि, भोलि अदालतमा हाजिर हुने

नेपालभ्युज

भैरहवा पुगे रवि, भोलि अदालतमा हाजिर हुने
फाइल तस्वीर ।

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने भैरहवा पुगेका छन् ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलनको अभियोगमा जिल्ला अदालत रुपन्देहीमा उनीविरुद्ध मुद्दा दर्ता भएको छ ।

सो अभियोगमा अदालतमा हाजिर हुन उनी मङ्गलबार बुद्ध एअरको विमानमार्फत त्यहाँ पुगेका हुन् । लामिछाने भोलि बुधबार आफैँ अदालतमा उपस्थित हुने तयारी छ ।

लामिछानेसहित ४२ विरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो । लामिछानेसँग ४ करोड बढी बिगो माग गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved