काङ्ग्रेस नेतालाई दायाँबायाँ राखेर प्रचण्डले भने – सरकार लामो समय जाने देखिएन (भिडिओ)

नेपालभ्युज

काङ्ग्रेस नेतालाई दायाँबायाँ राखेर प्रचण्डले भने – सरकार लामो समय जाने देखिएन (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार लामो समय जाने सम्भावना नदेखेको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफूहरूको प्राथमिकतामा सरकार नभएको तर, यो लामो समय जाने सङ्केत नदेखिएको बताए ।

काङ्ग्रेस नेताहरू शशाङ्क कोइराला र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर पत्रकारसामु उपस्थित भएका प्रचण्डले आफूहरूको चाहना सरकार ८४ सम्मै गए हुन्थ्यो भन्ने रहेको तर, अवस्था भने त्यस्तो नरहेको बताए ।

उनले भने, ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन, यो प्राकृतिक छैन, स्वाभाविक छैन र पारदर्शी पनि छैन । फेरि गरेका काम पनि उल्टाउल्टा हुँदै गएका छन् । अहिले अध्यादेशसम्म आइपुग्दा त लाजैमर्दो भएको छ ।’

सरकार लामो समय नजाने बताएका प्रचण्डले काङ्ग्रेससँग माओवादीको फेरि सहकार्य हुनसक्ने सङ्केत पनि गरे । उनले थपे, ‘सरकार लामो समय गएन भने काङ्ग्रेस हाम्रो पार्टनर त छँदैछ ।’

यद्यपि उनले आफूहरूलाई सरकारमा जान हतार नभएको र अहिले सङ्गठन सुदृढिकरणमा लागेको बताए ।

सँगै बसेका काङ्ग्रेस नेता कोइरालाले सञ्चारकर्मीको जिज्ञासामा अहिले स्थिर सरकार दिने प्रयास भइरहेको भन्दै भविष्यमा जे पनि हुन सक्ने जवाफ दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved