प्रशिक्षार्थी डाक्टरको बलात्कार-हत्या प्रकरण : फैसलाविरुद्ध पश्चिम बङ्गाल सरकार उच्च अदालतमा

नेपालभ्युज

प्रशिक्षार्थी डाक्टरको बलात्कार-हत्या प्रकरण : फैसलाविरुद्ध पश्चिम बङ्गाल सरकार उच्च अदालतमा

काठमाडौं । भारतको पश्चिम बङ्गाल सरकारले आरजी कार अस्पतालकी एक प्रशिक्षार्थी महिला डाक्टरको बलात्कार र हत्याको मामिलामा सियालदह अदालतको फैसलाविरुद्ध उच्च अदालतमा याचिका दायर गरेको छ ।

न्यायमूर्ति देबांशु बसाक र मोहम्मद रशिदी सम्मिलित कोलकाता उच्च अदालतको बेन्चले यस मुद्दामा दोषी पाएका सञ्जय रोयलाई मृत्युदण्डको माग गर्दै याचिका दायर गर्न राज्य सरकारलाई अनुमति दिएको हो ।

राज्य सरकारको तर्फबाट महाधिवक्ता किशोर दत्तले यो निवेदन दायर गरेका हुन् ।

सियालदह अदालतले सोमबार मुख्य आरोपी सञ्जय रायलाई आजीवन कारावासको सजाय सुनाएको थियो ।

न्यायाधीशले पीडित परिवारलाई १७ लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि राज्य सरकारलाई आदेश दिएका छन् ।

मङ्गलबार माल्दामा एक कार्यक्रममा मुख्यमन्त्री ममता बनर्जीले भनिन्, ‘हो, यो दुर्लभ घटना हो । यो धेरै गम्भीर अपराध हो । यदि अपराधीलाई बचाइयो भने उसले फेरि अपराध गर्नेछ ।’

उनले ‘एक्स’ मा लेखेकी छन्, ‘अदालतले यो मुद्दालाई दुर्लभको दुर्लभ नभेटेको फैसला देखेर म साँच्चै आश्चर्यचकित छु । यस मामिलामा मृत्युदण्ड दिनुपर्छ ।’

उनले आफ्नो पोस्टमा सियालदह अदालतको फैसलालाई उच्च अदालतमा चुनौती दिने पनि उल्लेख गरेकी छन् ।

गत अगस्ट ९ राति आरजी कार अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको थियो । साउन ९ गते बिहान सेमिनार हलमा डाक्टरको शव भेटिएको थियो । सीसीटीभी फुटेजको आधारमा प्रहरीले सञ्जय रोय नामका सिभिक स्वयंसेवकलाई अगस्ट १० मा पक्राउ गरेको थिए ।

सीबीआईले १० डिसेम्बर २०२४ मा सर्वोच्च अदालतमा स्टेटस रिपोर्ट दिएको थियो । जसमा सियालदह ट्रायल कोर्टमा नियमित सुनुवाइ भएको र ८१ मध्ये ४३ जना साक्षीलाई सोधपुछ गरिएको बताइएको छ ।

यस घटनापछि कोलकातामा प्रदर्शन सुरु भयो र राज्यमा स्वास्थ्य सेवा दुई महिनाभन्दा बढी समयसम्म ठप्प भएको थियो ।

कोलकाता बलात्कार-हत्या प्रकरण : अन्तिम कलमा ‘मेरो चिन्ता गर्नुपर्दैन’ भनेकी छोरी सधैँका लागि अस्ताइन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved