रविसहित ७ जनालाई थुनामा राख्न माग गरेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश

नेपालभ्युज

रविसहित ७ जनालाई थुनामा राख्न माग गरेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश

काठमाडौं । उच्च अदालत पोखराले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

मङ्गलबार न्यायाधीश राजकुमार खतिवडाको एकल इजलासले सो आदेश दिएको हो ।

सहकारी ठगी प्रकरणका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहितका ७ जनालाई धरौटीमा छाड्ने जिल्लाको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलले उच्च अदालत पोखरामा निवेदन दिएको थियो ।

लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, रामबहादुर खनाल, सहकारीका संस्थापक अध्यक्ष मीना गुरूङ, संस्थापक उपाध्यक्ष कृष्णबहादुर गुरूङ र कोषाध्यक्ष आरती गुरूङलाई जिल्ला अदालत कास्कीले पुस २५ गते धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved