महोत्तरीमा पूर्वगाविस अध्यक्षका छोरा मृत फेला, हत्याको आशङ्का

नेपालभ्युज

महोत्तरीमा पूर्वगाविस अध्यक्षका छोरा मृत फेला, हत्याको आशङ्का

जनकपुरधाम । महोत्तरीको सोनमा गाउँपालिका-२ स्थित बस्ती छेउमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

पूर्वगाविस अध्यक्ष गोखुल यादवको २८ वर्षीय छोरा ज्ञानु भनिने नरेन्द्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले जानकारी दिए ।

घटना र शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीको आशङ्का छ ।

शव अर्धनग्न अवस्थामा फेला परेको र गम्छाले घाँटी थिचिएजस्तो देखिएकोले पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानले वास्तविकता खुल्ने एसपी पोखरेलले बताए ।

प्रहरीले कुकुरसहितको टोली ल्याएर अनुसन्धान अगाडि बढाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved