क्यानविरुद्ध सामाजिक सञ्जालमा लेख्दा प्रतिबन्धमा परे सन्दीप

नेपालभ्युज

क्यानविरुद्ध सामाजिक सञ्जालमा लेख्दा प्रतिबन्धमा परे सन्दीप

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई एक खेलमा प्रतिबन्ध लगाएको छ ।

क्यानका प्रवक्ता छुम्बी लामाले क्यानविरुद्ध सामाजिक सञ्जालमा लेखेकोले कारबाही गरेको बताए ।

प्रवक्ता लामाले नेपालभ्युजलाई भने, ‘खेलाडी सम्झौताको उल्लङ्घन गरेकोले सन्दीपलाई एक खेलको लागि प्रतिबन्ध गरिएको हो । क्यानले आयोजना गर्ने एक घरेलु खेलमा प्रतिबन्ध लगाइएको हो ।’

गत साता जय ट्रफी एलिट कप चलिरहँदा सन्दीपले अम्पायरको निर्णयबारे असन्तुष्टिमा व्यक्त गर्दै आफ्नो सामाजिक सञ्जालमा लेखेका थिए ।

क्यानले कारबाहीको साथै लेग स्पीनर सन्दीपलाई स्पष्टीकरण पनि सोधिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved