माओवादी केन्द्रले माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा

नेपालभ्युज

माओवादी केन्द्रले माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ ।

समितिको मङ्गलबारको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राजीनामा मागेका हुन् ।

लेखा समिति सभापति प्रतिपक्षी दललाई दिनुपर्ने, लेखा समिति सभापतिकी श्रीमती सहकारी ठगी र स्वकीय सचिव ठगी गरेको आरोप लागेको अवस्थामा पोखरेलले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

दाहालले भने, ‘सभापतिमाथि नैतिक प्रश्न उठेपछि मार्गप्रशस्त गरिदिने र लोकतान्त्रिक ढङ्गले प्रतिपक्षी दललाई दिन माग गर्दछु ।’ साथै, सार्वजनिक लेखा समितिलाई सरकारको लाचार छाया बनाइएको पनि दाहालले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved