राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

नेपालभ्युज

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
फाइल तस्वीर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई तथा शुभकामना दिएका छन् ।

राष्ट्रपति पौडेलले मङ्गलबार सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति ट्रम्पलाई अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण र सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका हुन् ।

साथै राष्ट्रपति पौडेलले नेपाल र अमेरिकाबीच कायम रहेको सौहार्दपूर्ण सम्बन्ध आगामी दिनहरूमा अझ प्रगाढ र बिस्तार हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

गत नोभेम्बरमा निर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार राति कार्यभार सम्हालेका छन् ।

ट्रम्पका ५ घोषणा : मेक्सिको खाडीको नाम परिवर्तनदेखि मङ्गल ग्रहमा झण्डा फहराउनेसम्म


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved