सहकारी ठगी प्रकरण

पूर्वडीआईजी जोशी ५० लाख धरौटी बुझाएर रिहा

नेपालभ्युज

पूर्वडीआईजी जोशी ५० लाख धरौटी बुझाएर रिहा

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशी रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतले साेमबार उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जोशी ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर साेमबार नै रिहा भएको जानकारी दिए ।

यसअघि जोशीलाई कास्की जिल्ला अदालतले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर छुटिसकेका छन् । उनीहरूविरुद्ध अझै रुपन्देही, चितवन र पर्सामा पनि सहरकारी ठगी कसुरमा जाहेरी दर्ता भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved