वरिष्ठ अधिवक्ता त्रिपाठी कुट्ने थप १ जना पक्राउ

नेपालभ्युज

वरिष्ठ अधिवक्ता त्रिपाठी कुट्ने थप १ जना पक्राउ

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि कुटपिट गर्ने थप १ जना पक्राउ परेका छन‍् । हुम्ला अदानचुली गाउँपालिका–४ घर भई हाल काठमाडौँ सुर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महानन्द जैसीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

यसअघि दोलखाका ललित कुमार केसीलाई प्रहरीले पक्राउ गरेको थियो । आफूमाथि आक्रमण गर्नेलाई कारबाही गर्न त्रिपाठीले प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएका थिए ।

माघ २ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अदालतमा बहस गरेका कारण रास्वपा समर्थकले उनीमाथि आक्रमण गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved