अहिलेको सरकारबाट निजी क्षेत्रको आत्मबल बढेको छ : अर्थमन्त्री पौडेल

नेपालभ्युज

अहिलेको सरकारबाट निजी क्षेत्रको आत्मबल बढेको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारबाट निजी क्षेत्रको आत्मबल बढेको र हिम्मत पलाएको बताएका छन् ।

आइतबार अर्थ मन्त्रालयमा भएको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाइ राख्दै उनले सरकारले व्यवसायीको आत्मबल बढाउने काम गरेको दाबी गरे ।

नेपालको अर्थतन्त्रलाई जटिल अवस्थाबाट सकारात्मक दिशामा फर्काएको उनको भनाइ छ । उनले अर्थ मन्त्रालयले तथ्याङ्कमा फेरबदल नगर्ने स्पष्ट पारे ।

उनले भने, ‘अर्थ मन्त्रालयले जे हो त्यै डेटा सार्वजनिक गर्छ । रातो छ भने रातै, पहेँलो, हरियो छ भने त्यस्तै । त्यसैले आज सार्वजनिक गरिएका देशको अर्थतन्त्रको यी तथ्याङ्कहरूमा छेडखानी छैन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved