किशोरी बलात्कार आरोपमा ५२ वर्षीय पुरूष पक्राउ

नेपालभ्युज

किशोरी बलात्कार आरोपमा ५२ वर्षीय पुरूष पक्राउ

काठमाडौं । प्रहरीले किशोरी बलात्कार आरोपमा झापाबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–६, थुम्वेदिन घर भएका ५२ वर्षीय कुमार राई छन् ।

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शनिबार साँझ पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

राईले हल्दिबारी गाउँपालिका–४ स्थित मेची पोल्ट्री फार्मको कोठाभित्र किशोरीको बलात्कार गरिएको उजुरीपछि प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved