सुनको मूल्य घट्यो

नेपालभ्युज

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ ।

केही दिनयता लगातार बढिरहेको सुनको मूल्य आज भने घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलामा १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेको महासङ्घले जनाएको छ ।

आज चाँदी प्रतितोला १ हजार ८६० रुपैयाँले कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved