महिला प्रधानमन्त्री कप :

लुम्बिनीले कर्णालीलाई ७१ रनले हरायो

नेपालभ्युज

लुम्बिनीले कर्णालीलाई ७१ रनले हरायो

काठमाडौं । महिला प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेशले दोस्रो जित हासिल गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको खेलमा लुम्बिनीले कर्णालीलाई ७१ रनले पराजित गरेको हो । कर्णालीको भने यो तेस्रो हार हो ।

लुम्बिनीले दिएको १२७ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको कर्णाली १३ ओभरमा ५५ रनमा अलआउट भयो । कर्णालीका लागि रमा बुढाथोकीले २० रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि सरस्वती पुनले ४ विकेट लिइन् । उनले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिएकी हुन् ।

सरस्वतीले एकै ओभरमा ३ विकेट लिइन् । उनले १२.१ ओभरमा रमा बुढाथोकी, १२.२ ओभरमा रश्मी खड्का र १२.६ ओभरमा अन्जिला थापालाई आउट गरिन् । यसअघि, सरस्वतीले श्रुती बुढालाई ६.५ ओभरमा आउट गरिन् ।

मनिषा राना, आश्ना चौधरी र मधु डिसीले १–१ विकेट लिइन् ।

यसअघि लुम्बिनीले पूरै २० ओभर खेलेर ८ विकेटको क्षतिमा १२६ रन बनाएको थियो ।

लुम्बिनीका लागि रञ्जु श्रेष्ठले अर्धशतकीय पारी खेलिन् । रञ्जु ५१ रनमा अविजित रहिन् । उनले ५९ बलमा २ चौका प्रहार गरिन् । उनले ५५ बलमा २ चौका प्रहार गर्दै ५० रन पूरा गरिन् ।

कर्णालीका लागि अन्जु गुरुङले ३, रमा बुढाथोकीले २, तथा रश्मी खड्का र दिक्षा पूरीले १–१ विकेट लिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved