सुनको मूल्यमा वृद्धि

नेपालभ्युज

सुनको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्यमा वृद्धि भएको छ ।

सुनको मूल्य आज प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज छापावाल सुन तोलामा १ लाख ५७ हजार ९०० रुपैयाँले कारोबार भइरहेको छ ।

बिहीबार पनि सुनको मूल्य तोलामा १ हजार २०० ले बढेको थियो । पछिल्ला केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि थोरै बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेको महाङ्घले जनाएको छ ।

आज चाँदी प्रतितोला १ हजार ८९० रुपैयाँले कारोबार भइरहेको छ । बिहीबार पनि चाँदी तोलामा ५० रुपैयाँले बढेको थियो ।

आज पनि बढ्यो सुनचाँदीको मूल्य


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved