आज पनि बढ्यो सुनचाँदीको मूल्य

नेपालभ्युज

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुन प्रतितोला १ लाख ५६ हजार ६०० रुपैयाँले कारोबार भइरहेको छ ।

बुधबार पनि नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ५० रुपैयाँले बढेको महाङ्घले जनाएको छ ।

आज चाँदी प्रतितोला १ हजार ८८० रुपैयाँले कारोबार भइरहेको छ । बुधबार पनि चाँदी तोलामा १० रुपैयाँले बढेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved