दिल्लीमा बाक्लो कुहिरो लागेपछि ‘ओरेन्ज अलर्ट’ जारी, रेल सेवा प्रभावित

नेपालभ्युज

दिल्लीमा बाक्लो कुहिरो लागेपछि ‘ओरेन्ज अलर्ट’ जारी, रेल सेवा प्रभावित
फाइल तस्वीर ।

काठमाडौं । भारतको राजधानी दिल्लीको आकाश यतिबेला बाक्लो कुहिरो र धुवाँले ढाकेको छ । यससँगै भारतीय मौसम विज्ञान विभागले त्यहाँ ओरेन्ज अलर्ट जारी गरेको छ ।

आज (शुक्रबार)का लागि ओरेन्ज अलर्ट जारी गरिएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । यसअघि आगामी शनिबार र आइतबारका लागि यस्तो चेतावनी जारी गरिएको थियो ।

साथै उत्तर भारतमा बाक्लो कुहिरोका कारण रेल सेवा पनि प्रभावित भएको छ । धेरै रेल आफ्नो निर्धारित समयभन्दा धेरै ढिलो चलिरहेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार दिल्लीका विभिन्न स्टेसनबाट दौडने २७ वटा ट्रेन ढिलो चलिरहेका छन् ।

मौसम विभागले आज दिल्लीको अधिकतम तापक्रम १९ डिग्री र न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहने प्रक्षेपण गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved