नाटक

‘मुक्कुम्लुङ’मा याक्थुङ समुदायको इतिहास र पहिचान (फोटोफिचर)

‘मुक्कुम्लुङ’मा याक्थुङ समुदायको इतिहास र पहिचान (फोटोफिचर)

काठमाडौं । याक्थुङ (लिम्बू) समुदायको सांस्कृतिक धरोहर र इतिहास झल्काउने नाटक ’मुक्कुम्लुङ’ आज (शुक्रबार)देखि थापागाउँस्थित मण्डला थिएटरमा नियमित मञ्चन हुँदैछ ।

किरात समुदायको प्राचीन सभ्यता र परम्पराको धरोहर ’मुक्कम्लुङ’ अर्थात् चोःत–लुङ (पवित्र गुफा) लाई याक्थुङ समुदायले आफ्नो सांस्कृतिक प्रतीकको रूपमा पुज्दै आएका छन् ।

नाटकले मुजिङ्ना खेयङ्नाका माध्यमबाट किरात समुदायको प्रारम्भिक मानव सभ्यता, याक्थुङ समुदायको प्रकृतिसँगको सम्बन्ध, र उनीहरूले भोगेका संघर्षलाई चित्रण गर्ने कोसिस गरेको छ ।

नाटकले मुक्कुम्लुङमा आधुनिकताले ल्याएको संकट र आफ्नो अस्तित्व जोगाउन गरिएको प्रयासलाई प्रस्तुत गरेको छ ।

किरात समुदायले हालको पाथीभरा अर्थात ’मुक्कुम्लुङ’लाई आफ्नो सभ्यताको प्रतीक मान्दै आइरहेका छन् ।

एक थिएटर नेपालको सहकार्यमा चुलाचुली रंगमञ्चको प्रस्तुति रहेको नाटकको यही माघ ३ गते बिहीबार विशेष शो मञ्चन गरिएको थियो ।

नाटक गीलु रातोस, अनिल सुब्बा र बिष्णु मोक्तानले लेखेका हुन् । अनिल सुब्बाको परिकल्पना तथा निर्देशनमा रहेको नाटक यही माघ २७ गतेसम्म सोमबारबाहेक हरेक साँझ ५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन गरिने छ ।

नाटकमा बिष्णु मोक्तान, वेदना राई, सुरज तमू, प्रतिना राई, मानहाङ लावती, शोभा लिम्बू सौजन सेनेहाङ, मणि के राई, भूमिका थारू, पवनकुमार गोले, अजय लामा, डेविड सुवेदी, सञ्जीत थुलुङ राई, सम्पदा राई, रमिता राई, प्रवीन मगर, अन्जना राई, नुमा राई, अमरबाबु बुढाथोकी, आकाश सुहाङ लिम्बू र इशा सिंजालीको अभिनय रहेको छ ।

हैरौं फोटोफिचर :

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved