आज ललितपुरका यी स्थानमा काटिँदैछ बिजुली

नेपालभ्युज

आज ललितपुरका यी स्थानमा काटिँदैछ बिजुली
सांकेतिक तस्वीर ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज (शुक्रबार) बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९ः३० देखि ४ बजेसम्म लाइन कटौती हुने जनाएको हो ।

प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शंखमूल, पाटनढोका, मङ्गलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ ।

तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयसीमाभन्दा पहिल्यै बिजुली आउनेसमेत सूचनामा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved