काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रवि लामिछाने र छविलाल जोशीसहितका प्रतिवादीविरुद्ध शुक्रबार मात्र मुद्दा चलाइने भएको छ ।
बिहीबार समय अभाव भएपछि पूरक अभियोजनअन्तर्गत शुक्रबारमात्र अभियोगपत्र दर्ता गरिने जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले जनाएको छ । सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलका अनुसार बिहीबार नै मुद्दा दर्ताको तयारी गरिए पनि समय अभावका कारण शुक्रबारलाई धकेलिएको हो ।
सुप्रिम सहकारीका १० हजार ३९१ जनाले बचत गरेको एक अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाखभन्दा बढी रकम अपचलन भएको पाइएको छ । त्यसमध्ये १४ करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको खुलेको छ ।
प्रहरीले पूर्वगृहमन्त्री लामिछाने, पूर्वडीआईजी जोशीसहित १४ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदनका आधारमा मुद्दा दायरको प्रक्रिया अगाडि बढाएको हो ।
Facebook Comment
Comment