शेफअलीको अपार्टमेन्टमा कसरी प्रवेश गरे आक्रमणकारी ?

नेपालभ्युज

शेफअलीको अपार्टमेन्टमा कसरी प्रवेश गरे आक्रमणकारी ?

काठमाडौं । बलिउड अभिनेता शेफअली खानमाथि भएको आक्रमणबारे मुम्बई प्रहरीको जोन ९ का डीसीपीले पत्रकारहरूलाई जानकारी दिएका छन् ।

उनले भने, “एक अभियुक्त अभिनेताको घरमा गएको अनुसन्धानबाट थाहा भएको छ ।”

प्रहरीकाअनुसार आरोपितले शेफको घरमा प्रवेश गर्न भवनको ती सिँढीलाई माध्यम बनाएका थिए, जसलाई आगलागीको समयमा प्रयोग गरिन्छ ।

प्रहरीले थप भन्यो – “अहिलेसम्मको अनुसन्धानानुसार यो चोरीको प्रयास थियो । अभियुक्तलाई छिट्टै पक्राउ गर्ने हाम्रो प्रयास जारी छ ।”

एक आरोपितको पहिचान भइसकेको र उनलाई पक्राउ गर्न टोली ‘फिल्ड’मा रहेको प्रहरीले जनाएको छ ।

अभिनेता शेफमाथि गए राति चक्कु प्रहार गरिएको थियो । घटनापछि उनलाई मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको छ ।

५ हजार करोडका मालिक शेफअली : पटौदीका ‘छोटे नवाब’देखि बलिउड अभिनेतासम्म


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved