रविविरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आदेश लेखन जारी

नेपालभ्युज

रविविरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आदेश लेखन जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सरकारी वकिलले जवाफी बहस गरेसँगै थुनछेक बहस सकिएको हो ।

बहस सकिएसँगै आदेश लेखन सुरु भएको अदालत स्रोतले बताएको छ ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved