राष्ट्रपति पक्राउप्रति विपक्षी नेताको प्रतिक्रिया– दक्षिण कोरियामा न्याय जीवित छ

नेपालभ्युज

राष्ट्रपति पक्राउप्रति विपक्षी नेताको प्रतिक्रिया– दक्षिण कोरियामा न्याय जीवित छ

काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक–योलको गिरफ्तारीलाई विपक्षी दलका नेताले स्वागत गरेका छन् ।

डेमोक्र्याटिक पार्टी हाउसका नेता पार्क चुन डेले ‘दक्षिण कोरियामा न्याय जीवित’ रहेको प्रतिक्रिया दिएका हुन् ।

‘यो गिरफ्तारी संवैधानिक व्यवस्था, लोकतन्त्र र विधिको शासनको पुनस्र्थापनातर्फको पहिलो कदम हो,’ पार्टीको बैठकमा उनले भने ।

बुधबार बिहान पक्राउपछि राष्ट्रपति युनले भिडियो सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान अवैधानिक भएको बताएका छन् ।

मार्सल ल लगाएर लगत्तै फिर्ता लिएका उनलाई पक्राउ गर्न विपक्षी दलका नेताहरूले माग गर्दै आएका थिए ।

विपक्षी दलले युनविरुद्ध ल्याएको महाभियोग प्रस्ताव संसदमा पारित भएको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए ।

युनलाई दक्षिण कोरियाको प्रहरीले आज बिहान घरबाटै पक्राउ गरेको थियो ।

दक्षिण कोरियाका राष्ट्रपति युन पक्राउ

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved