दक्षिण कोरियाका राष्ट्रपति युन पक्राउ

नेपालभ्युज

दक्षिण कोरियाका राष्ट्रपति युन पक्राउ
राष्ट्रपति युन सुक–योल ।

काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । उनलाई आज (बुधबार) पक्राउ गरिएको हो ।

राष्ट्रपति युनले गत वर्ष डिसेम्बर ३ मा ‘मार्सल ल’ लगाउने घोषणा गरेका थिए । तर विरोधको सामना गरेपछि उनले केही घण्टापछि फिर्ता लिएका थिए ।

यो घटनापछि १४ डिसेम्बरको दिन उनीविरुद्ध संसदबाट महाअभियोग प्रस्ताव पारित भएको थियो । त्यसयता उनी पदबाट निलम्बित अवस्थामा छन् ।

दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओका अधिकारीले आज बिहान बिहान ७ः२३ मा युनविरुद्ध पक्राउ पुर्जी जारी गरेका थिए । यसपछि उनकाे निवासमै गएर उनलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउअघि राष्ट्रपति युनले भिडियो सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान अवैधानिक भएको बताएका छन् ।

पक्राउको विरोधमा उनका समर्थकहरूको ठूलो भीड सडकमा जम्मा भएको छ ।

दक्षिण कोरियाली निलम्बित राष्ट्रपति युनको महाअभियोग सुनुवाइ सुरु

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved