सहकारी ठगी प्रकरण

थुनछेक बहसका लागि रवि काठमाडौं जिल्ला अदालतमा

आजै आदेश आउने सम्भावना प्रबल

नेपालभ्युज

थुनछेक बहसका लागि रवि काठमाडौं जिल्ला अदालतमा

काठमाडौं । सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (बुधबार) पनि थुनछेक बहसका लागि अदालतमा उपस्थित गराइएको छ ।

उनलाई आज बिहान १० बजेपछि बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

लामिछानेविरुद्धको मुद्दामा आज पनि जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ । यसअघि सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

सोमबार अदालतमा जाहेरवाला र सरकारी वकिलको बहस सकिएको थियो । समय अभाव भएकाले प्रतिवादीको तर्फबाट भने बहस हुन पाएन । मंगलबार सार्वजनिक बिदा भएकाले बहस हुन सकेन । यसर्थ सोमबारको बहसलाई आज निरन्तरता दिन लागिएको हो ।

प्रतिवादी तर्फका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । लामिछानेलाई हिरासतमुक्त गर्ने वा थुनामा राख्ने भन्ने आदेश आजै आउने प्रबल सम्भावना छ ।

सोमबार पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई न्यायिक हिरासतमा फर्काइएको थियो ।

जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो । उनलाई आइतबार पनि काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो । प्रहरीले आज त्यहीँबाट अदालत पुर्याएको हो ।

स्वर्णलक्ष्मी सहकारीको रकम सङ्गठित तवरले ठगी गरेको अभियोगमा लामिछानेविरुद्ध मुद्दा दायर भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved