‘महाराजधिराज’को घोषणा, दोहोरो भूमिकामा पल

नेपालभ्युज

‘महाराजधिराज’को घोषणा, दोहोरो भूमिकामा पल

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महाराजधिराज’ बन्ने घोषणा गरिएको छ ।

शीर्ष भूमिकामा पल शाहलाई लिएर निर्देशक परिच्छेद सेनले नयाँ फिल्म ‘महाराजधिराज’को घोषणा गरेका हुन् ।

मंगलबार सार्वजनिक टिजर पोस्टरमा अभिनेता पललाई दोहोरो भूमिकामा देख्न सकिन्छ । एउटामा तस्वीरमा उनी ‘न्युड’ अवस्थामा गद्दीमा बसेको देख्न सकिन्छ । अर्को पात्रमा भने उनी श्रीपेच र शाही पोशाकसहित उभिएका छन् ।

यसैबीच अभिनेता पलले सामाजिक सञ्जालमार्फत चलचित्रको प्रदर्शन मितिसमेत घोषणा गरेका छन् । जसअनुसार यो फिल्म आगामी दशैँको फूलपातिमा रिलिज हुने जनाइएको छ ।

यो चलचित्रको पटकथाकार पनि परिच्छेद नै छन् । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा यसलाई टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्काले निर्माण गर्न लागेका हुन् । प्रस्तुतकर्तामा विराज विष्ट छन् ।

‘अनेकौं समस्या म देख्छु जगतमा, छ कि दोष हाम्रो यो आफ्नै रगतमा,’ चलचित्रबारे जानकारी दिँदै पलले फेसबूकमा लेखेका छन्, ‘आजको दिन मेरो लागि विशेष छ । म मेरो एघारौं चलचित्र महाराजधिराजको पहिलो झलक सार्वजनिक गर्दैछु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved