रविविरुद्धको मुद्दामा थुनछेक बहस : आजै आदेश आउने सम्भावना

नेपालभ्युज

रविविरुद्धको मुद्दामा थुनछेक बहस : आजै आदेश आउने सम्भावना

काठमाडौं । कालीमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस आज (सोमबार) हुँदैछ ।

काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्दामा आइतबार पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेतर्फको बयान भएको थियो । सरकारी वकिलहरूले बहस नगरेपछि आइतबार राति उनलाई प्रहरीको जिम्मा लगाइएको थियो । आज सरकारी वकिलतर्फको थुनछेक बहस हुन लागेको हो ।

लामिछानेविरुद्धको मुद्दा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको हो । उनलाई धरौटीमा छाड्ने या पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश आजै आउने सम्भावना प्रबल छ ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार आफैँ अदालतमा हाजिर भएका थिए ।

सहकारी ठगीको अनुसन्धानका लागि गत कात्तिक २ गते पक्राउ परेका उनी बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

उक्त मुद्दामा लामिछानेसँगै ६ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने, छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरुङले धरौटी रकम बुझाएर रिहा भएका थिए ।

रवि लामिछाने फेरि प्रहरीको जिम्मामा (तस्वीरहरू)

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved