अस्ट्रियाली महिलाको नाइजरमा अपहरण

नेपालभ्युज

अस्ट्रियाली महिलाको नाइजरमा अपहरण
सांकेतिक तस्वीर ।

भियना । अफ्रिकी देश नाइजरमा एक अस्ट्रियाली महिला अपहरणमा परेकी छिन् ।  उनी उत्तरी नाइजरको अगाडेज सहरमा अपहरणमा परेको अस्ट्रियाली सरकारले पुष्टि गरेको हो ।

‘दुर्भाग्यवश, हामीले केसको पुष्टि गर्नुपर्छ,’ विदेश मन्त्रालयले एएफपीलाई इमेलमार्फत जानकारी गराएको छ ।

अगाडेजका अधिकारीहरूले भने यस घटनाबारे टिप्पणी गर्न अस्वीकार गरे ।

स्थानीय सञ्चारमाध्यम एयर–इन्फो अगाडेजले पीडितको नाम इभा ग्रेट्जमाकर रहेको बताएको छ ।

एयर इन्फोले दिएको जानकारी अनुसार शनिबार साँझ हतियारधारी अपहरणकारी उनको घरमा आएर गार्डलाई बन्दुक देखाएर ढोका खोल्न बाध्य पारेका थिए ।

त्यसपछि उनीहरू घरभित्र पसे र ग्रेट्जमाकरलाई गाडीमा राखे । उनीहरूले कुनै सामान नलिएका एयर–इन्फोले जनाएको छ ।

७३ वर्षीय ग्रेट्जमाकर अगाडेजमा २८ वर्षदेखि बस्दै आएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved