जय ट्रफी:

बागमतीलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

नेपालभ्युज

बागमतीलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा बागमती प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।

जनकपुरस्थित रामजानकी मल्टिपर्पस स्टेडियममा आइतबार सम्पन्न खेलमा पुलिसले बागमतीलाई ५ विकेटले पराजित गरेको हो ।

अब पुलिसले उपाधिका लागि फाइनलमा त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मधेस प्रदेशलाई ८ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

यता बागमतीविरुद्ध आफ्नो दोस्रो दिनको दोस्रो इनिङ्समा ११६ रनको लक्ष्यमा पुलिसले २३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

पुलिसका लागि अमित श्रेष्ठले अर्धशतकीय पारी खेले । उनले  ४५ बलमा ९ चौका प्रहार गर्दै ५६ रन बनाएका हुन् । कप्तान कुशल भुर्तेलले १९ बलमा ४ चौका र २ छक्कासहित ३२ रन बनाए । अर्जुन साउदले २० रन जोडे ।

बागमतीका लागि कप्तान सन्दीप लामिछानेले दुई तथा सूर्य तामाङ, नन्दन यादव र प्रतिश जिसीले १–१ विकेट लिए ।

यसअघि दोस्रो दिन बागमती आफ्नो दोस्रो इनिङ्समा ५३ ओभरमा २१८ रन बनाएको थियो ।

आर्मीले मधेसलाई ८ विकेटले हरायो, फाइनल पुग्ने सम्भावना बलियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved