जय ट्रफी

आर्मीले मधेसलाई ८ विकेटले हरायो, फाइनल पुग्ने सम्भावना बलियो

नेपालभ्युज

आर्मीले मधेसलाई ८ विकेटले हरायो, फाइनल पुग्ने सम्भावना बलियो

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले पहिलो जित हासिल गरेको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा मधेसले दिएको २८ रनको लक्ष्य आर्मीले ६ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो । यससँगै आर्मीको फाइनल पुग्ने सम्भावना बलियो भएको छ ।

आर्मीका लागि इमरान शेख ८ रनमा र बासिर अहमदले ४ रनमा अविजित रहे । त्रित राज दासले १३ र सन्तोष कार्कीले ४ रन बनाए ।

यता, मधेसका लागि प्रदिप पासवानले २ विकेट लिए ।

यसअघि मधेसले आफ्नो दोस्रो इनिङ्समा ६४.१ ओभरमा १५० रन बनाएको थियो । पहिला इनिङ्समा ३५.५ ओभरमा १०२ रनमा अलआउट भएको थियो ।

दोस्रो इनिङ्समा मधेसका लागि मयन यादवले ४९ रन बनाए । कप्तान हरिशंकर शाहले २५, अभिषेक तिवारीले १९, निरज यादवले १७ र हिमान्शु दत्तले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् ।

आर्मीका लागि बसिर अहमदले ४ विकेट लिए । उनले २०.१ ओभरमा २३ रन खर्चे । सो क्रममा उनले ७ मेडन ओभर फाले ।

साहब आलमले ३ तथा आकाश चन्दले २ विकेट लिए ।

पहिलो दिन आर्मीविरुद्ध मधेस १२१ रनले पछि, आलमले लिए ६ विकेट

आफ्नो पहिलो इनिङ्समा आर्मीले ५९.३ ओभरमा ९ विकेटको क्षतिमा २२५ रन बनाएको थियो ।

मधेसविरुद्ध आर्मीले बनायो उच्च स्कोर, रञ्जित कुमारको फाइफर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved