जय ट्रफी

पुलिसविरुद्ध बागमती सस्तैमा अलआउट, इशानको अर्धशतक

नेपालभ्युज

पुलिसविरुद्ध बागमती सस्तैमा अलआउट, इशानको अर्धशतक

काठमाडौं । जय ट्रफी एलिट कपमा पहिलो दिनको खेलमा नेपाल पुलिस क्लबविरुद्ध बागमती प्रदेश ११२ रनमा अलआउट भएको छ ।

जनकपुरस्थित रामजानकी मल्टिपर्पस स्टेडियममा जारी खेलमा आफ्नो पहिलो इनिङ्समा बागमती ३३.२ ओभरमा ११२ रन बनाएर अलआउट भएको हो ।

बागमतीका लागि इशान पाण्डेले अर्धशतकीय पारी खेले । इशानले ७१ रन बनाए । जसमा ९४ बलमा १० चौका प्रहार गरे ।

प्रतिक श्रेष्ठले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् ।

पुलिसको कसिलो बलिङमा बागमतीका ब्याटर क्रिजमा टिक्न सकेनन् ।

पुलिसका लागि ललित राजवंशीले ४ विकेट लिए । उनले ९ ओभरमा २७ रन खर्चे । सो क्रममा उनले २ मेडन ओभर फाले ।

सर्वनले लगातार ३ विकेट लिएर ह्याट्रिक पूरा गरे। उनले २६.४ मा प्रेम श्रेष्ठ, २६.५ मा सूर्य तामाङ र २६.६ ओभरमा सन्दिप लामिछानेलाई आउट गरे ।  सर्वनले ४ ओभरमा ९ रन खर्चेर । उनले १ मेडन ओभर पनि फाले ।

कुशल भूर्तेलले भने ९.२ ओभर बलिङ गरेर २ विकेट लिए । सो क्रममा उनले २ मेडन पनि फाले ।

टस जितेर पुलिसले पहिले बलिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved