सर्लाहीको १२ कठ्ठा जमिनमा लगाएको उखुबारीमा आगलागी

नेपालभ्युज

सर्लाहीको १२ कठ्ठा जमिनमा लगाएको उखुबारीमा आगलागी

काठमाडौं । सर्लाहीमा दुई किसानले लगाएको उखुबारीमा आगलागी भएको छ ।

शुक्रबार दिउँसो बलरा नगरपालिका–९ का नीरज सिंह र पंकज सिंहले १२ कठ्ठा जमिनमा लगाइएको उखुमा आगलागी भएको हो ।

स्थानीय शंकर राय यादवले आफ्नो खेतमा रहेको उखुको पत्कर (सुकेको पात) जलाउने क्रममा आगो अनियन्त्रित भई छेउमा रहेको उखुबारीमा आगो सल्किएको थियो सर्लाही प्रहरीले जनाएको छ ।

आगलागीबाट अन्दाजी १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।

आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved