काठमाडौंमा जेसीबीको ठक्करबाट बालिकाको मृत्यु

नेपालभ्युज

काठमाडौंमा जेसीबीको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । जेसीबीले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो नागार्जुन नगरपालिका-६ ह्वाईट गुम्बा नजिकै सडकमा बा २ क ६०८८ नम्बरको जेसीबीले सोही स्थानमा बस्ने ११ वर्षीया अनुषा तामाङलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले जेसीबी चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved