लिङ्देनपछि कमल थापाले भेटे प्रधानमन्त्री

नेपालभ्युज

लिङ्देनपछि कमल थापाले भेटे प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान भेट भएको हो । भेटमा समसामयिक परिस्थितिका बारेमा विचार विमर्श भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएको थापा बताउँछन् ।

थापाले भने, ‘आफूले २०८७ मा संविधान संसोधनको कुरा गरेको विषयमा स्पष्ट पार्दै प्रम ओलीले संसद्‌मा रहेका कतिपय दलहरुले संशोधन गर्न नदिने वताईरहेको सन्दर्भमा सहमति बनाउन समय लाग्ने देखिएको र त्यस्तो अवस्थामा संशोधन पछि धकेलिन सकिने आफ्नो धारणा रहेको बताउनुभयो।’

भेटमा थापाले देश अहिले गम्भीर सङ्कटबाट गुज्रिरहेकोबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

यसअघि बिहीबार साँझ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीलाई भेटेका थिए ।

‘पृथ्वी जयन्ती’को निम्तो दिन लिङ्देन पुगे बालुवाटार, ओलीसँग लामो कुराकानी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved