जय ट्रफी

उच्च स्कोर पछ्याएको बागमती अझै ७६ रनले पछाडि, नन्दनको अर्धशतक

नेपालभ्युज

उच्च स्कोर पछ्याएको बागमती अझै ७६ रनले पछाडि, नन्दनको अर्धशतक
तस्वीर स्रोत : क्यान

काठमाडौं। जय ट्रफी एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबविरुद्ध दोस्रो दिनको खेलमा बागमती प्रदेशले २०० रन बनाएको छ ।

जनकपुरधामस्थित रामजनकी मल्टिपर्पस स्टेडियममा जारी खेलमा आफ्नो पहिलो इनिङ्समा बागमतीले ५० ओभरमा ९ विकेटको क्षतिमा २०० रन बनाउँदा इनिङ्स डिक्लेर गरेको हो । यससँगै आर्मीविरुद्ध बागमती ७६ रनले पछाडि छ ।

दोस्रो दिन बागतमीका लागि नन्दन यादवले अर्धशतकीय पारी खेले । नन्दनले ८० बलमा १ चौका र २ छक्का प्रहार गर्दै ५१ रनको योगदान गरे ।

४६.१ ओभरमा नन्दनलाई आर्मीका साहब आलमले आउट गरे । दोस्रो दिनको खेलमा साहबको यो दोस्रो विकेट थियो । कप्तान सन्दीप लामिछानेलाई साहबले ४२.३ ओभरमा १० रनमा आउट गरेका थिए ।

प्रतिश जिसी ११ रनमा आउट भए । उनलाई पवनले ४५.४ आउट गरे । यो उनको जारी खेलमा दोस्रो विकेट हो । उनले विपिन आचार्यलाई ३७.६ ओभरमा ४९ रन आउट गरे । सो क्रममा उनले ७६ बलमा १ चौका र २ छक्का प्रहार गरे ।

सूर्य तामाङ ३ र रिजन ढकाल शून्यमा अविजित रहे ।

यसअघि बुधबार पहिलो दिनको खेल सकिँदा बागमतीले २२ ओभरमा ५ विकेटको क्षतिमा १२४ रन बनाएको थियो ।

बागमती पहिलो इनिङ्समा १५२ रनले पछाडि

बागमतीका लागि शुभ कङ्शकारले ३४, उत्तम मगरले २८, रित गौतमले २१, आशुतोष घिरैयाले ११ रन बनाए । इशान पाण्डे शून्यमा आउट भए ।

आर्मीका लागि आकाश चन्दले ३ तथा सोमपाल कामीले २ विकेट लिए ।

इमरान र बसिरको अर्धशतक, आर्मी उच्च स्कोरतर्फ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved