आसामको कोइलाखानीमा फसेका एक मजदुरको शव फेला

बाँकीको खोजी हुँदै

नेपालभ्युज

आसामको कोइलाखानीमा फसेका एक मजदुरको शव फेला

काठमाडौं । भारतको आसामस्थित दिमा हासाओ जिल्लाको उमराङ्शु क्षेत्रमा कोइलाखानीमा फसेका नौ कामदारमध्ये एकको शव फेला परेको छ ।

आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले सामाजिक सञ्जाल एक्समार्फत यसको जानकारी दिएका हुन् ।

आसाम राइफल्स, एनडीआरएफ र एसडीआरएफको संयुक्त टोली उद्धार कार्यमा संलग्न छ । उद्धारकर्मीहरूले निरन्तर कामदारहरूको खोजी गरिरहेका छन् ।

यसअघि एनडीआरएफ फस्र्ट बटालियनका डेपुटी कमान्डेन्ट एन तिवारीले समाचार एजेन्सी एएनआईलाई मंगलबार साँझ अपरेसन रोकिएको तर बुधबार बिहान फेरि सुरु भएको बताएका थिए ।

यी मजदुरहरू सोमबार बिहान करिब ८ बजे आसमको उमराङ्शु क्षेत्रमा रहेको कोइला खानीबाट कोइला निकाल्न गएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

यी कामदारहरूलाई बचाउन एनडीआरएफका उद्धारकर्मीहरू मंगलबार विभिन्न समयमा पाँचपटक खानीभित्र पसेका थिए, तर कुनै सफलता प्राप्त भएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved