जय ट्रफीमा आज मधेस र पुलिस तथा आर्मी र बागमती आमने–सामने

नेपालभ्युज

जय ट्रफीमा आज मधेस र पुलिस तथा आर्मी र बागमती आमने–सामने

काठमाडौं । जय ट्रफी मेन्स एलिट कप क्रिकेटअन्तर्गत आज (बुधबार) दुई खेल हुँदैछन् ।

प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा आज मधेस प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा साढे ९ बजेदेखि सुरु हुनेछ ।

त्यस्तै अर्को खेलमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश खेल्नेछन् । जनकपुरमा हुने यो खेल पनि साढे ९ बजे सुरु हुने तालिका छ ।

यसअघि भएको उद्घाटन खेलमा पुलिस र आर्मी तथा बागमती र मधेसले बराबरी खेलेका थिए ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मधेस प्रदेशको जनकपुर र वीरगञ्जमा आइतबारदेखि प्रतियोगिता जारी छ ।

तराई–मधेसमा आज बिहानैदेखि हुस्सु लागेको छ । यसले गर्दा निर्धारित समयमा खेल सुरु हुन नसक्ने सम्भावना पनि छ ।

यसअघिका खेल पनि हुस्सुका कारण ढिलोगरी सुरु भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved