बागलुङमा भारत सरकारको आर्थिक सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

नेपालभ्युज

बागलुङमा भारत सरकारको आर्थिक सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको बागलुङस्थित  भीमगिठे माध्यमिक विद्यालयको  भवन म‌ंगलबार हस्तान्तरण गरिएको छ ।

जिल्ला समन्वय समिति, बागलुङका प्रमुख अमर बहादुर थापा, बडिगाड गाउँपालिकाका अध्यक्ष   गण्डकी थापा अधिकारी र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर  अविनाश कुमार सिंहले संयुक्त रुपमा उक्त भवन विद्यालय व्यवस्थापन समितिलाई   हस्तान्तरण गरेका हुन् ।  कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।

परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको  र जिल्ला समन्वय समिति, बागलुङमार्फत कार्यान्वयन गरिएको भारतीय दूतावासले मंगलबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

दूतावासका अनुसार कार्यक्रमका वक्ताहरुले नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंशा गरेका  थिए । नवनिर्मित संरचना  विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्न उपयोगी हुने विस्वास लिइएको छ।

प्राथमिक विद्यालयका रुपमा  सन् १९५८ मा स्थापना भएको उक्त विद्यालय सन् १९८८ मा  माध्यमिक तहमा स्तरोन्नत भएको  विद्यालयले कक्षा १ देखि १२ सम्म अध्यापन गराउँदै आएको छ । विद्यालयमा करिब ७०० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको दूतावासले जनाएको छ।

दूतावासले उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तार गर्दै नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved