सिजाङ भूकम्पको क्षतिप्रति प्रचण्डले गरे दुःख व्यक्त

नेपालभ्युज

सिजाङ भूकम्पको क्षतिप्रति प्रचण्डले गरे दुःख व्यक्त

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिजाङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल एक्समार्फत भूकम्पमा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

‘म सिजाङ भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दछु’ उनले एक्समा लेखेका छन्, ‘मृतकका परिवारजन, महामहिम राष्ट्रपति सी जिनपिङ र चिनियाँ जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved