राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्नुपर्छ : प्रदीप ज्ञवाली

नेपालभ्युज

राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्नुपर्छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकमा देखिएका सबै समस्याको समाधान संविधान संशोधनमा खोज्न नहुने बताएका छन् ।

मङ्गलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ज्ञवालीले संविधान कार्यान्वयनमा पात्र, संस्था र प्रवृत्तिहरूका कारणले पनि समस्या आएको हुनसक्ने भन्दै सबै समस्याको समाधान संविधान संशोधनमा खोज्न नहुने बताएका हुन् ।

उहाले संविधान कार्यान्वयनमा देखिएका चुनौतीको पहिचान गरेरमात्रै अघि बढ्न उचित हुने उल्लेख गरे  ।

ज्ञवालीले संविधान संशोधनमार्फत सबै समस्याको हल गर्ने र हल हुन नसके संविधान नै बदल्ने सोचलाई त्याग्नुपर्ने बताए । उनले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्नुपर्ने स्पष्ट पारे ।

ज्ञवालीले मुलुक स्वाभाविक लोकतान्त्रिक अभ्यासमा अघि बढेको उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved