भूकम्पबाट चीनमा नौ जनाको मृत्यु, सरकारले भन्यो– नेपालमा कुनै क्षति भएन

नेपालभ्युज

भूकम्पबाट चीनमा नौ जनाको मृत्यु, सरकारले भन्यो– नेपालमा कुनै क्षति भएन
भूकम्प गएको क्षेत्र चीनको दिङ्गे काउन्टी ।

काठमाडौं । मंगलबार बिहान गएको भूकम्पबाट चीनमा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

साथै भूकम्पबाट केही घरमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चीनको तिब्बत केन्द्रविन्दु भएर मंगलबार बिहान शक्तिशाली भूकम्प गएको थियो ।

तिब्बतकाे दिङ्गे काउन्टी केन्द्रविन्दु भएर ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । याे क्षेत्र पूर्वी हिमाली जिल्लाहरू दाेलखा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङनजिकै पर्छ ।

यद्यपि, यसको नेपाल आइपुग्दाको शक्ति भने ५.३ म्याग्निच्युडको मात्र रहेको पाइएको छ ।

मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा आएको भूकम्पले पूर्वी क्षेत्रमा बढी हल्लाएको थियो ।

साथै काठमाडौंलगायत मध्य क्षेत्रमा पनि भूकम्पको झड्का राम्रैगरी महसुस भएको थियो ।

काठमाडौंमा केही समयसम्म भूकम्पको कम्पन रहेको थियो । यसले गर्दा काठमाडौं निवासी सडकमा निस्किए भने चराहरू उडेका थिए ।

साथै धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक मकवानपुर, बारालगायत जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पको महसुस भारत, भुटान र बंगलादेशमा पनि भएको थियो ।

भूकम्पबाट नेपालमा भने कुनै मानवीय र अन्य क्षति नभएको सरकारले जनाएको छ ।

पछिल्लो समय नेपालमा लगातार भूकम्प गइरहेको छ । यही पुस १९ गते मुगु र मनाङमा भूकम्प गएको थियो ।

भूकम्पबाट चीनमा नौ जनाको मृत्यु, नेपालमा भएन कुनै क्षति

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved