सात जिल्लाका सिडिओको सरुवा, काठमाडौंमा ऋषिराम तिवारी

नेपालभ्युज

सात जिल्लाका सिडिओको सरुवा, काठमाडौंमा ऋषिराम तिवारी

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंलगायत सात जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) सहित १२ जना सहसचिव तथा उपसचिवहरूको सरुवा गरेको छ ।

काठमाडौंका सीडीओ जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयमा तानेर उनको सट्टा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रलाई जिल्ला प्रशासन कार्यालय सुनसरीको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने सुनसरीका प्रजिअ रामचन्द्र तिवारी गृह मन्त्रालयमा आएका छन् । यस्तै गृह मन्त्रालयका सहसचिव गोगन बहादुर हमाललाई मिश्रको ठाउँमा कैलालीको प्रजिअ बनाई पठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved