काठमाडौं । जाडोमा शरीरलाई स्वस्थ र न्यानो राख्नु अत्यन्तै महत्त्वपूर्ण कुरा हो ।
चिसोको कारणले हाम्रो शरीरका धेरै अङ्गहरूमा नराम्रो असर पर्छ जसमा मुटु सबैभन्दा जोखिममा हुन्छ । जाडोमा मुटुले धेरै गुणा बढी मेहनत गर्नुपर्छ ।
सुस्त जीवनशैलीको कारण मुटु रोगीहरूको सङ्ख्या बढ्न थाल्छ । डाक्टरहरूका अनुसार जाडो मौसममा ४ प्रकारका मुटु रोगीहरू बढ्ने गर्छन् ।
भारतको शारदा अस्पतालका इन्टरनल मेडिसिन विभागका प्रोफेसर डा. भूमेश त्यागीकाअनुसार जाडोमा मुटुका समस्याहरू बढ्न थाल्छ र अस्पतालहरूमा पनि यस्ता बिरामीहरू धेरै आउँछन् । चिसोमा मुटुसँग सम्बन्धित यी ४ समस्याहरूले सबैभन्दा बढी सताउँछन् ।
- हृदयाघात
- हर्ट फेल
- हर्ट ब्लक
- मांसपेशी कमजोर
चिसोमा कसलाई मुटु रोगले किन सताउँछ ?
स्वास्थ्य विशेषज्ञअनुसार चिसोको कारण व्यक्तहरूको शारीरिक गतिविधिहरू कम हुन्छ । त्यसैगरी तारेको र भुटेको खाना धेरै खान थाल्छन् । यस अवस्थामा मुटुमा भार बढ्न थाल्छ ।
शरीर र रगतलाई न्यानो राख्न मुटुले बढी मेहनत गर्नुपर्छ । जाडोमा धमनीहरू खुम्चिने हुनाले रगत प्रवाह ढिलो हुन्छ । यस्तो अवस्थामा मुटुका मांसपेशीहरूले राम्रोसँग अक्सिजन पाउन सक्दैनन्, जसले हृदयाघात र स्ट्रोकको जोखिम बढाउँछ ।
चिसोमा तापक्रम कम हुन थाल्छ । जसको कारणले रक्तचाप र कोलेस्ट्रोलको स्तर बढ्ने जोखिम रहन्छ । यी दुवै कुराहरूले मुटु आक्रमणको जोखिमलाई धेरै गुणा बढाउँछन् ।
यदि तपाईंलाई पहिलेदेखि नै कुनै मुटु सम्बन्धी रोग छ भने जोखिम बढी हुन सक्छ । यद्यपि जसलाई मुटुको रोग छैन उनीहरूले पनि यस मौसममा सावधान रहन आवश्यक छ ।
कसलाई बढी जोखिम रहन्छ ?
- उच्च कोलेस्ट्रोलका बिरामी
- मुटु रोगबाट पीडित
- मधुमेहका बिरामी
- धेरै मोटा मानिसलाई
- अस्वस्थ जीवनशैली भएकालाई
- धेरै धुमपान र मदिरा सेवन गर्ने
- उच्च रक्तचापका बिरामीहरूलाई
जाडोमा मुटु आक्रमणबाट बच्न के गर्ने ?
- चिसोमा बाहिर हिँड्नबाट बच्ने
- घरमा वा जिममा व्यायाम गर्ने
- ऊनी वा न्यानो कपडा लगाउने
- शरीरलाई न्यानो राख्ने खाना खाने
- तातो पानी पिउने र तातो पानीले नुहाउने
- तेलीय पदार्थहरू नखाने
- धुमपान–मदिराबाट टाढा रहने
यी उपायहरू अपनाएर तपाईं जाडोमा हुने मुटुका समस्याबाट बच्न सक्नुहुन्छ ।
Facebook Comment
Comment