सिड्नी टेस्टको दोस्रो इनिङ्समा भारतीय टोली १५७ रनमै सीमित

अष्ट्रेलियाले जित्ने सम्भावना मजबुत

नेपालभ्युज

सिड्नी टेस्टको दोस्रो इनिङ्समा भारतीय टोली १५७ रनमै सीमित

काठमाडौं । सिड्नी टेस्ट क्रिकेटको दोस्रो इनिङ्समा भारतीय टोली १५७ रनमा सीमित भएको छ । यससँगै घरेलु टोली अष्ट्रेलियाको जितको सम्भावना मजबुत बनेको छ ।

भारतले पहिलो इनिङ्समा १८५ रन बनाएको थियो । १५८ रनको लक्ष्य पाएको अस्ट्रेलियाले लन्च ब्रेकसम्म ३ विकेट गुमाएर ७१ रन बनाएको छ ।

भारतका लागि दोस्रो इनिङ्समा ऋषभ पन्तले सर्वाधिक ६१ रन बनाए । यसपटक पनि विराट कोहली क्रिजमा टिक्न सकेनन् । उनी ६ रनमा आउट भए ।

नीतिशकुमार रेड्डीको अवस्था पनि उस्तै रह्यो । उनले २१ बल खेलेर ४ रन मात्र बनाए ।

यस्तै यशस्वी जैसवालले २२ रन बनाए । केएल राहुल र शुभमन गिलले १३–१३ रन जोडे ।

यसअघि पहिलो इनिङ्समा भारतले १८५ रन बनाएको थियो भने जवाफमा अस्ट्रेलियाले १८१ रन बनायो ।

पाँच खेलको बोर्डर गावस्कर सिरिजमा अस्ट्रेलिया २–१ ले अगाडि छ ।

यस खेलमा भारतका लागि रोहित शर्माको ठाउँमा जसप्रित बुमराहलाई कप्तान बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved